प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

२०७९ जेठ ३०, सोमबार ०७:४८ बजे

हेटौंडा – मकवानपुर भिमफेदी गाउँपालिका–९ चुनियाबाट करिब एक क्विटल लागुऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका–९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र कैलाश गाउँपालिका–१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।

ना.२ ह ३५६६ नम्बरको अटोबाट ९६ किलो ८ सय ४० ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाएर ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर