प्रहर खबर
 २०७९ असार १२, आईतबार    

बहराइनलाई हराए नेपाल एक खेल अगाबै सेमिफाइनलमा

२०७९ असार ६, सोमबार ०८:२२ बजे

काठमाडौं – एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ ।

समूह बी मा रहेको नेपाल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।बहराइन २ खेलबाट १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।