प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बढ्याे सुनचाँदीकाे मूल्य

२०७९ मंसिर १४, बुधबार ०५:५६ बजे

काठमाडौं – नेपाली बजारमा साताको चौथो दिन सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको २ सय रूपैयाँले बढ्दा चाँदीको मूल्य ५ रूपैयाँ बढेको हो।

मंगलबार तोलाको ९७ हजार ४ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ९७ हजार ६ सय रूपैयाँ पुगेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले बढेर ९७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रूपैयाँ बढेर १ हजार २९० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।