प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०७९ जेठ १२, बिहीबार १३:२८ बजे

हेटौंडा – बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाण्डौको कोटेश्वरमा विहिबार बसको ठक्करबाट स्कुटर चालकरामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवारको मृत्यु भएको हो।

गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो । कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको हो । दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।