प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

पर्सामा मोटरसाइकल पल्टिदा २ जना घाइते

२०७९ श्रावण २८, शनिबार ०९:२१ बजे

हेटौंडा – पर्साको विरगंज महानगरपालिका १५ भेडियाही टासफर्ममा गएराती मोटरसाइकल अनियन्त्रीत भएर पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा चालक विरगंज महानगरपालिका १६ नगवाका २४ बर्षीय रितिक पटेल र पछाडी सवार सोही स्थानका २५ बर्षीय फिरोज मिया रहेका छन् ।

दुवै घाइतेको विरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये पटेलको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । बाराबाट भेडियाही तर्फ आँउदै गरेको ना ६३ प ६५१८ नम्बरको मोटरसाइकल गएरात साढे १२ बजे, नियन्त्रण गुमाएर पल्टिएको थियो ।