काठमाडौं – आइसिसि अहिले घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले भारतले दुवै ओपनरसहित तीन गुमाएको छ।
शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।
दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
अर्को ओभरमा कप्तान पास कमिङ्गसले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। अहिले क्रिजमा विराट कोहली र केएल राहुलले ब्याटिङ गरिहेको छन् । भारतले तेस्रो विकेट गुमाउँदा १४ ओभरमा ९५ रन जोडेको थियो।