प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

श्रेष्ठको अध्यक्षतामा मकवानपुर रेफ्रि संघ

२०७९ श्रावण २०, शुक्रबार ११:२७ बजे

हेटौंडा – अकिललाल श्रेष्ठको अध्यक्षतामा मकवानपुर जिल्ला रेफ्रि संघ गठन गरिएको छ । शुक्रबार मकवानपुर जिल्ला फुटबल संघमा एक कार्यक्रमका वीच श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय जिल्ला रेफ्री संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा सरस्वती लो, सचिवमा सन्तोष राई, कोषाध्यक्षमा दलमान तामाङ चयन भएका छन् । यस्तै सदस्यमा देव बहादुर कार्की, विशाल घलान र विक्रम राई चयन भएका छन् । रेफ्री संघको कार्यकाल ४ वर्षको रहनेछ ।