प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

२०८० बैशाख १, शुक्रबार १३:१५ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–७ कोगटेमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोगटे बस्ने ६० वर्षीय भिम बहादुर सारु मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बिहिबार साँझ ६ बजेको समयमा ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याकटरको ढालाबाट खसेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।मगरको शव शुक्रबार बिहान ३ बजेर ३० मिनेटको समयमा परिवारले बुझेको छ । ट्याक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।