प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

हेटौंडामा सवारी दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

२०७९ भाद्र १२, आईतबार १८:१६ बजे


हेटौंडा – मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र नाबालक छोरा घाइते भएका छन् ।

आइतबार दिउँसो पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ मा हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशा जादै गरेको ना ४ ख ९६०३ ट्रकलाई ओभरट्याग गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा ठोरी गाउँपालिका–२ की २५ वर्षीय श्रृजना बि.क. रहेकी छन् । उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएको डाक्टर मृत घोषणा गरेको कार्कीले बताए ।

दुर्घटनामा परि मृतक श्रृजनाकी श्रीमान पर्सा ठोरी गाउँपालिका–२ का २९ वर्षीय आदर्श बि.क. र उनका छोरा ५ वर्षीय आशिष बि.क. घाईते भएका छन् । आर्दशको हात र छोरा आशिषको टाउको सामान्य चोट लागेको कार्की बताए । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

उनका अनुसार श्रृजना र आदर्श नेपाली सेनाको राजदल गण खैरहनीटार तनहुँमा कार्यरत थिए ।  ट्रक र चालक ईलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ ।