प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुर उद्योग बाणिज्य संघले महोत्सव नगर्ने, हुन थालेको रोक्ने

२०८० मंसिर २७, बुधबार १७:१६ बजे

हेटौंडा – यसबर्ष मकवानपुर उद्योग बाणिज्य संघ(मउबास)ले राष्ट्रिय औद्योगिक व्यापार मेला नगर्ने भएको छ भने जिल्ला खेलकुद विकास समिति मकवानपुरले पुष ५ गतेदेखि गर्ने बृहत खेलकुद तथा व्यापार मेला गर्न नदिने भएको छ । बुधबार मउबासले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले मेला आउने घुमुवा व्यापारीका कारण कर तिरेर व्यवसाय गरेका हेटौंडाका व्यवसायीहरुको व्यापार घट्ने भएकोले उक्त मेला रोक्नु पर्ने बताए । प्रदेश खेलकुद नियमावलीले खेदकुद विकास समितिलाई खेलकुद सम्बन्धि गतिविधिहरु सञ्चालन गर्न अधिकार दिएपनि व्यापार मेला गर्न अधिकार नदिएको उनले बताए ।

जिल्ला खेलकुद विकास समितिले खेलकुद महोत्सवको नाममा अन्य व्यवसायीक संघसंस्थासंग साँठगाठ गरी घुमाउरो तरिकाले व्यापार मेला आयोजना गर्न लागेको उनले दाबी गरे । उक्त महोत्सव नरोके चरणबद्ध रुपमा विरोधमा उत्रिने अग्रवालले बताए ।

यसैवीच मेला रोक्न बागमती प्रदेख खेलुकद परिषदले गत मंसिर २२ गते जिल्ला खेलकुद विकास समितिलाई पत्र काटेको छ । यद्दपी अनुमाती दिने निकाय हेटौंडा उपमहानगरपालिकाले भने खेलकुद तथा व्यापार मेला गर्न अनुमती दिएको छ । बागमती प्रदेख खेलुकद परिषदको पत्र यस्तो छः– 

एक कार्यकाल एक मेला
मउबासले प्रत्येक बर्ष महोत्सव आयोजना नगर्ने भएको छ । संघमा निर्वाचित अध्यक्षको एक कार्यकालमा एक पटक मात्रै आयोजना गर्न पाउने भएको यस बर्ष मेला नहुने भएको हो । संघमा निर्वाचित अध्यक्षको अवधि तीन बर्षको हुन्छ । उक्त तीन बर्षको अवधिमा एक पटक मात्रै मेला आयोजना गर्न पाउने नीति बनाएको अध्यक्ष अग्रवालले बताए ।  ‘मेरो कार्यकालमा हुनु पर्ने गत बर्ष भईसक्यो, अब मेरो यो कार्यकालमा मेला हुँदैन,’ उनले भने । उक्त मेला प्रर्दशनात्मक र प्रर्वद्धनात्मक हुनुपर्ने व्यवसायीहरुको माग छ । 

यस्तो छ मेला रोक्ने विषयमा मकवानपुर उद्योग बाणिज्य संघले  जारी गरेको बिज्ञप्ती ।