प्रहर खबर
 २०८१ माघ २, बुधबार    

लागुऔषध सहित हेटौंडाबाट दुई जना पक्राउ

२०८० माघ २९, सोमबार १८:३९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट आइतबार लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बिन्दाबासिनी गाउँपालिका वडा नं.१ बस्ने २८ बर्षीय मनु पण्डित र सोही स्थान बस्ने ३२ बर्षीय कृष्ण प्रसाद कानु रहेका छन् ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको ज. ३ प ७७२८ नम्बरको मोटरसाइकलमा सवार पण्डित र कानुलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको झोला खानतलासी गर्दा लागुऔषध ओनरेक्स ८४ बोतल, नाईट्राभेट ३० ट्याब्लेट र १६ क्याम्पुल प्रोएक्सको बरामद गरिएको हो । उक्त लागुऔषध र मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।