प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडाको महोत्सवमा शुक्रबार कर्मा व्याण्ड आउने

२०७९ माघ १८, बुधबार १४:१५ बजे

हेटौंडा – हेटौंडामा जारी महोत्सवमा कर्मा व्याण्डले आफ्नो प्रस्तुती दिने भएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कर्मा व्याण्डको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

युवापुस्ता चर्चित रहेको व्याण्डले शुक्रबार महोत्सवमा सांगीतिक प्रस्तुती दिनेछन् । कर्मा व्याण्डको तिम्रो मौनतामा, को हौ तिमी, मलाई माफ गरिदेउ, यानी माया, कहाँ होला घर बारा, हुक्का मेरो लगायत बोलको गीत चर्चामा छ ।

सोही दिन मानस राज र ऋतु कंडेलको पनि प्रस्तुती रहने जनाइएको छ ।