प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

छोरी बलात्कार गरी छोराको हत्या, बुबा पक्राउ

२०८० माघ ४, बिहीबार १३:२२ बजे

काठमाडौं – छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल लोकेसनका आधारमा अनुसन्धान टिकापुर–१ लम्किपुरबाट बुढालाई प्रहरीले पक्राउ गरेको हो । लम्कीपुरमा बुढा साडुदाईको घरमा बसिरहेको प्रहरीले जनाएको छ । मङ्गलबार बुढाले बन्चरो प्रहार गरी छोराको हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारबाट पुष्टि भएको थियो । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण छोराको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।