प्रहर खबर
 २०७९ असार १२, आईतबार    

मिनि ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

२०७९ असार ९, बिहीबार १०:२१ बजे

हेटौंडा – मिनि ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीमा बुधबार साँझ मिनि ट्रकको ठक्करबाट मेचीनगर नगरपालिका ९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विर्तामोड स्थित वि।एण्ड।सि अस्पतालमा बुधबार साँझ सवा ६ बजे मृत्यु भएको हो । कटुवालले चलाएको प्रदेश १, ०१, ००१ ह ८६०१ नम्बरको सिटि सफारी टेम्पोलाई प्रदेश १, ०१, ००१ क ११४६ नम्बरको मिनि ट्रकले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटना पछि फरार भएका मिनि ट्रकका चालकको खोजी भइरहेको प्रहरी चौकी ज्यामिरगढी झापाले जनाएको छ ।