प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

नेपाललाई पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने अवसर

२०७९ कार्तिक २७, आईतबार ११:४७ बजे

काठमाडौं – नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ ।

यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले २०२४ देखि २०२७ सम्म आईसीसी यू-१९ प्रतियोगिताको आयोजक राष्ट्रको आज घोषणा गरेको हो ।

आइसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकाले आयोजना गर्ने छ । २०२६ को संस्करण जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ।

आइसीसी यु-१९ महिला टि-२० विश्वकप २०२५ मलेसिया र थाइल्याण्डमा हुनेछ भने २०२७ को यु-१९ महिला विश्वकप प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्नेछन् ।