प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हाइसको ठक्करबाट अटो चालकको मृत्यु

२०७९ माघ ९, सोमबार १३:४० बजे

हेटौंडा – हायसको ठक्करबाट बाँकेमा अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक कोहलपुर नगरपालिका २ कौशिलानगर बस्ने ४० वर्षीय गणेश मगर रहेका छन् ।

कोहलपुर नगरपालिका २ मा आज सोमबार पौने १० बजे बा ५ ख ७१ ५१ नम्बरको हायसले भे १ ह ३५ ४७ नम्बरको अटोलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भिर घाइते भएका मगरको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

हायस चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।