प्रहर खबर
 २०८० मंसिर २५, सोमबार    

ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

२०८० मंसिर ४, सोमबार १२:४२ बजे

स्यााङ्जा – पुतलीबजार नगरपालिका वडा नं १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । दाङ जिल्ला दंगीशरण गापा ४ का २८ वर्षिय रामहरी चौधरीको मृत्यु भएको हो ।

सोमबार भित्रि सडक खण्डमा तोप्सेबाट लामागेतर्फ आउँदै गरेको ग १ त ४९८७ नं.को ट्याक्टर बाटोमा पल्टिदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानाकारी दिए । घटनाको थप अनुसन्धान कार्य अगाडि बढाएको रानाले बताए ।