प्रहर खबर
 २०८१ मंसिर २८, शुक्रबार    

भारतसँग नेपालको प्रतिस्पर्धात्मक हार

२०८० आश्विन १६, मंगलबार १०:२१ बजे

काठमाडौं – चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल पराजित भएको छ । सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग २३ रनले पराजित भएको हो । पराजित भएसंगै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ ।

भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए ।

कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए ।

सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे । भारतका अवि बिश्रोई र अषेश खानले समान ३, अर्शदीप सिंहले २ तथा साइ किशोरले १ विकेट हात पारेका थिए ।

यसअघि भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाएका थिए । रुतुराज गाइकवाड २५ रन बनाउँदै आउट भए । भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । जितसंगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।