प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बागमती प्रदेशको कृषि मन्त्रालयले माग्यो ६३ जना कर्मचारी

२०७९ जेठ १३, शुक्रबार ०६:१३ बजे

हेटौंडा – बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २०, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौका ३३ जना माग गरेको छ ।इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

notice_h9ouqPWS74