काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानमा दलितलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सभामुखसँग ‘रुलिङ’ गर्नसमेत माग गरेकी छन् ।
उनले भनिन्, ‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदलाई लज्जित बनाएको छ । नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्’ ।