हेटौंडा – मकवापनुरको बकैंया गाउँपालिकाको श्रीपुरमा दुध बोक्ने गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक हेटौंडा उपमहानगरपालिका वडा नं.९ बस्ने सिद्धान्त लामा रहेका छन् ।
ममदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुग्ध विकास संस्थानको गाडी अनियन्त्रित बकैंयाको श्रीपुरमा बुधबार बिहान करिब ११ बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनमा परी चालक लामा र सहचालक धादिङ्ग गजुरी गाउँपालिका बस्ने ४५ बर्षीय प्रेम अधिकारी घाइते भएका थिए । उनीहरुको बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान सहितको टोली उद्धार गरी अस्पताल पठाएका थिए ।
शरिररको बिभिन्न भागमा चोट लागेर घाइते भएका चालक लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार घाइते अधिकारी दाहिने खुट्टाको घुडा मुनी फ्याक्चर भएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए । दुध बोक्ने गाडी सडकबाट अनियन्त्रित भएर करिब १०० मिटर तल खोल्सामा खसेको थियो । सवारी दुर्घटनामा बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।