हेटौंडा । हेटौंडामा बाघले आतंक मच्चाएको छ । हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उहाँको गाला, ओठ र ढाडमा चोट लागेको हेटौंडा अस्पतालमा उपचारपछि उनी घर फकिएको प्रहरीले जनाएको छ । यसअघि मंगलबार स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले आज सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको स्थानीयहरुले बताएका छन् । गाउँमा बाघले निरन्तर रुपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन् ।