हेटौंडा – हेटौंडामा फोहोरको बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छ ।
हेटौंडा उपमहानगरपालिका–१० राप्तीखोलाको छेउमा उपमहानगरको फोहोर जम्मा गरि फाल्ने स्थानमा सालनाल सहितको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको हो ।
शक्रबार बिहान राप्ती खोलको किनारमा जलाउने फोहोर एकातिर र नजलाउने एकतिरा फिल्टर गर्ने क्रममा फोहोरको बोरा भित्र प्याक गरिएको शिशु शव भेटाएको थियो ।
शव भेटिएपछि फोहोर ब्यवस्थापन गर्ने कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए । शिशुको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।