प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बीमा अभिकर्ता संघ चरम राजनीतिको शिकारमा

२०७९ असार १९, आईतबार १४:१९ बजे

हेटौंडा – नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीको पेशागत बीमा अभिकर्ता संघ नेपालको तेस्रो अधिवेशन हेटौडामा सम्पन्न भएको छ । विवादका बीचमा भएको अधिवेशनले अभिकर्ताहरुलाई फुटको संघारमा पु¥याएको छ । संस्थापन पक्षले बुक गरेको हलमा अर्को पक्षले गरेको ब्यवहार तनावपूर्ण थियो ।

रोयल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तनाव भएपछि काँग्रेस र समाजवादी निकट अभिकर्ताहरु हेटौंडाको अर्कै पाटी प्यालेसमा गएर गणेशप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको दावी गरेको छ । उद्घाटन सत्र सुरु भएको हलमा कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको घोषण गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत बिमा अभिकर्ता संघ बिमक समितिको तेस्रो केन्द्रीय अधिबेशन हेटौंडामा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित रहेका अभिकर्ता प्रतिनिधिको बहुमत समर्थनमा आचार्यको अध्यक्षतामा १७ सदस्यीय नेपाल लाइफ बीमा अभिकर्ता संघ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ ।

जसमा समितिको वरिष्ठ उपाध्यक्ष अम्बिकाप्रसाद तेली, उपाध्यक्ष चन्द्रकला पौडेल, सचिव तेजप्रसाद चिवारी, सहसचिव नेत्रप्रसाद ढकाल, कोषाध्यक्ष शैलेन्द्र दाहाल चयन भएका छन् । सदस्यहरुमा लिलावती कँडेल, तेजप्रसाद प्रसाईं, भक्तिप्रसाद भट्टराई, चन्द्रनारायण दास, सीता थेवे, ज्ञानप्रसाद पौडेल, लक्ष्मी भट्ट, मनोजकुमार यादव, शंकर थापामगर, सरिता ठाकुर र कर्णाली प्रदेशबाट मनोनित नीमकुमारी पुन चयन भएका छन् ।

बीमा क्षेत्रका सम्पूर्ण बीमकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, न्यूनतम् बोनसदर ६५ रुपैयाँ प्रतिहजार प्रतिबर्ष कायम गर्न, बीमाको दायरा बिस्तार गरी राष्ट्रिय पूँजी निर्माण गर्न, बीमा अभिकर्ताको जीवनबीमा, दुर्घटना बीमा, औषधिउपचार बीमा कम्पनीबाटै गर्ने ब्यवस्था गर्न भेलाले माग गरेको छ ।