प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

श्री कृष्ण प्रणामी सेवा समिति सुन्दरधामको साधारणसभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२०८० भाद्र २, शनिबार १०:०० बजे

हेटौंडा – श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, सुन्दरधामको ४६ औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.५ स्थित सुन्दरधाम सामरीमा समितिको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभा कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मोक्तानले मन्दिरको संरक्षण र विकासका लागि आफु सहयोग गर्न तयार रहेको बताइन् ।

साधारणसभाले ज्योतिष पण्डित बालकृृष्ण घिमिरेको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। धार्मिक उपाध्यक्षमा मुक्तिनाथ दहाल, सामाजिक उपाध्यक्षमा लिलाराज बन्जारा, सचिवमा श्याम प्रसाद ढुङ्गाना, कोषाध्यक्षमा नहकुल संजेल, सह–सचिवमा सरस्वती ढकाल तिमल्सिना, सदस्यमा केशव सापकोटा, रामशरण घिमिरे, प्राणनाथ तिमल्सिना र सुशील आचार्यलाई चयन भएका छन् ।

साधारणसभामा मकवानपुरढीका निवर्तमान अध्यक्ष विदुर हुँमागाईं, मकवानपुगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, सोही वडाका वडाअध्यक्ष दिपेश दाहाल, वडा नं.६ का वडाअध्यक्ष कृष्ण बजागाई, श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्दिय उपाध्यक्ष रामकृष्ण तिवारी, समितिका केन्द्रिय सल्लाहकार रामप्रशाद शर्मा, सुरसा चौलागाईं, श्री कृष्ण प्रणामी जिल्ल्ला कार्यसमितिक अध्यक्ष केदार प्रसाद चौलागाईं, मोहन प्रसाद बस्ताकोटी, देवकी खतिवडा लगायतको उपस्थिती रहेको थियो ।