प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२०७९ फाल्गुन ५, शुक्रबार ११:२५ बजे

हेटौंडा – पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई शुक्रबार(आज) विहान ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालकको कास्की निर्मल पोखरी–२ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमा नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । मृतक परियारको शव परिक्षणको लागि हेटौंडा अस्पतालमा राखिएको उनले बताए । ठक्कर दिने ट्रक र चालक,स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ ।