काठमाडौं – अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४६ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरहरूमा ठूलो ट्रकको वरिपरि धेरै आपतकालीन कामदारहरू देखिन्छन् ।स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो ।
न्युयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेका छन् ।टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् ।यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।एजेन्सी