काठमाडौं – अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिला खनालले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।
पुत्रलाभ भएपछि बरालले आफ्नो सामाजिक सञ्जालमा खुशी साट्दै स्टाट्स लेखेका छन् । उनले लेखेका छन, ‘दुःख लुकाउनु, खुशी साट्नु भन्छन् । त्यस्तै केही गरियो । घरमा नयाँ सदस्यको आगमन ।’