प्रहर खबर
 २०७९ असार १२, आईतबार    

हेटौंडा उपमहानगरसंग अनेरास्ववियुको ९ बुँदे माग, दिवा खाजा रकम वृद्धिदेखि शुल्क वृद्धि फिर्तासम्म(पत्रसहित)

२०७९ असार ९, बिहीबार १३:४३ बजे

हेटौंडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले विभिन्न माग सहित हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । बिहिबार अनेरास्ववियु मकवानपुरका पदाधिकारीहरुले हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ समक्ष विभिन्न ९ वटा माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

विद्यार्थीहरुलाई दिदै आएको दिवा खाजा रकम १५ बाट बृद्धि गरी २५ पु¥याउनु पर्ने, निजी शैक्षिक संस्थाले गरेको शुल्क वृद्धि फिर्ता गर्नु पर्ने, सामुदायिक विध्यालयले अंग्रेजी माध्यमको नाममा लिदै आएको शुल्क खारेज गर्र्नु पर्ने, नगर बस तथा छात्राबासको ब्यवस्था गर्नु पर्ने लगायतका मागसहित उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

निजी शैक्षिक संस्थाले कमिसनको चक्करमा बर्षै पिच्छे पाठ्पुस्तक परिवर्तन गर्ने र पाठ्यपुस्तक अपडेट वा अपग्रेट भएको खण्डमा मात्र पुस्तक परिवर्तन गर्नु पर्ने उनिहरुको माग छ । निजी शैक्षिक संस्थाले कमिसनको चक्करमा बर्षै पिच्छे पाठ्पुस्तक परिवर्तन गर्ने र पाठ्यपुस्तक अपडेट वा अपग्रेट भएको खण्डमा मात्र पुस्तक परिवर्तन गर्नु पर्ने उनिहरुको माग छ ।

निजी शैक्षिक संस्थाका विद्याथीहरुको कलिला काँधमा गरुङ्गो किताबको भाह्री कहिलेसम्म ? यसको अन्त्यको लागि उमहानगरले पहलकदमी गर्नुपर्ने विद्यार्थी नेता सन्तोष पौडेलले बताए । उनले अनेरास्ववियुले राखेको ९ बुँदे माग उमहानगरको शैक्षिक गुणस्तर वृद्धिका लागि अपरिहार्य रहेको भन्दै माग पुरा नभए चरणवद्ध रुपमा आनदोलनमा उत्रिने बताए । 

anera m

anera m 1