प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

श्रृंखला कस्को ? सम्भवको

२०८० मंसिर २८, बिहीबार १५:३८ बजे

काठमाडौँ – पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिएकी छन् । आज बिहीबार उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी हुन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा जारी छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा श्रृंखला सजिएकी छन् ।

विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।

हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी श्रृंखला र सम्भवबीचको प्रेम सम्बन्धको बारेमा चर्चा चुलिएको थियो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए ।

यसअघि  खतिवडाको भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चुलिएको थियो । श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । विश्व सुन्दरी प्रतियोगितामा श्रृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् । हेटौंडा घर भएकी उनले २८ बर्ष पार गरिन् । उनको जन्म २०५२ साल कार्तिक १७ गते ठुलो एकादशीको दिन हेटौंडा अस्पतामा भएको थियो ।