प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

हेटौंडामा टिपरको ठक्करबाट बिडारीको ज्यान गयो

२०८१ बैशाख ९, आईतबार ०९:०९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङ बस्ने बर्ष ५५ को भिम बहादुर बिडारी रहेका छन् ।

शनिबार दिउँसो बसपार्कको पिपलबोट बसपार्क तर्फ आउदै गरेको बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिफरले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक बिडारीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट उनको दाँया हातमा चोट लागेको थियो भने अवस्था मध्यम रहेको थियो । उनको तत्काल उद्धार गरी हेटौंडा अस्पताल लागिएको उपचार संभव नभएपछि चुरेहिल अस्पताल लगिएको थियो । त्यहाँबाट पनि भरतपुर नयां मेडिकल कलेज चितवन रिफर भएकोमा उपचारको क्रममा आज आइतबार बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमाटको लागि सरकारी अस्पताल चितवनमा रहेको बताईएको छ । टिपर, टिपर चालक र स्कुटर प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ ।