हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ । शनिबार राजेश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय मकवानपुरगढी गाउँपालिका भलिबल संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा राजन चौलागाई, सचिवमा सिंह बहादुर योञ्जन, कोषाध्यक्षमा अजय योञ्जन सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा बालकृष्ण घिमिरे, जीवन बिष्ट, सन्देश तुम्सिङ मगर, बिष्मता पुडासैनी, राम छत्कुलि, विष्णु सिलवाल र भीम बहादुर थापा चयन भएका छन् ।
पालिकास्तरीय भलिबल संघ गठन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं.५ का वडाअध्यक्ष दिपेश दाहाल, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलासहित पदाधिकारी तथा सदस्यको पनि उपस्थिति रहेको थियो ।