प्रहर खबर
 २०८१ बैशाख ४, मंगलबार    

मकवानपुरमा एक क्वीन्टल बढी गाँजा बरामद

२०७९ आश्विन १, शनिबार १२:२६ बजे

हेटौंडा – मकवानपुर राक्सिराङ गाउँपालिका–५ पेन्चे डाँडाको जंगलबाट प्रहरीले एक क्वीन्टल भन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले करिब १ सय २० किलोग्राम (६ बोरा) लागूऔषध गाँजा शुक्रबार राति बरामद गरेको हो ।

लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा उक्त जंगलमा ६ वटा बोरामा वेवारिसे अवस्थामा राखिएका उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।