प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

युक्रेनको पूर्वी क्षेत्रमा ६३ रूसी सैनिकको मृत्यु

२०७९ पौष १८, सोमबार २०:२६ बजे

युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको छ ।”

रूसी रक्षा मन्त्रालयले भनेको छ, “मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।”युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा रूसी सेनाको खतरा बढिरहेका बेला आक्रमण गरेको अनुमान गरिएको छ ।

यो वक्तव्य युक्रेनमा रूसी क्षतिको अत्यन्त दुर्लभ घोषणा हो । क्रेमलिनका आलोचकहरूले रूसी अधिकारीहरूले युक्रेनको युद्धभूमिमा भएको क्षतिलाई कम महत्व दिएको आरोप लगाएका छन् । रूसी सैन्य ब्लगरहरूले माकिभकामा भएको आक्रमणका कारण सयौं सैनिकको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी १ ९डिसेम्बर ३१ मा स्थानीय समयअनुसार २३ः०० बजे० राति १ बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् । उनले सयौंको मृत्यु भएको र घाइते भएको बताउँदै युक्रेनी सेनाले रूसी सेना राखिएको स्थानमा आक्रमण गरेको बताए ।एजेन्सी