प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

माओवादी केन्द्र मकवानपुरले दिए जनप्रतिनिधिलाई बधाई

२०७९ असार ४, शनिबार १८:५३ बजे

हेटौंडा – नेकपा माओवादी केन्द्र मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । नेकपा माओवादी केन्द्रको हेटौंडा ४ स्थित पार्टी कार्यालमा आयोजित कार्यक्रममा उनीहरुलाई खादा र टिका लगाएर बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रमिला पुलामी,आसा नेपाली,बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु),मकवानपुर संयोजक सर्केश घलान लगायतको आतिथ्यताा रहेको थियो ।

मकवानपुरको दश स्थानीय तहमा एकसय २६ जना जनप्रतिनिधि निर्वाचित भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले बताए । उनका अनुसार एक मेयर,एक पालिका अध्यक्ष,पाँच पालिका उपाध्यक्ष र २४ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । ९५ जना वडा सदस्य, ८ जना कार्यपालिका सदस्य मनोनित र एक जना जिल्ला समन्वय समितिको सभापति निर्वाचित भएको पाख्रिनले बताए ।