प्रहर खबर
 २०८१ माघ २, बुधबार    

हेटौंडामा दुई मोटरसाइकल आपसमा ठोक्कियो

२०८१ जेठ ९, बुधबार ०९:०४ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

मंगलबार दिउँसो हेटौंडाबाट नेवारपानी तर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प १००३ नम्बरको मोटरसाइकलले एक्कासी यूटर्न गर्ने क्रममा सोही दिशाबाट आउदै गरेको बा.प्र.०२–०२२ प ३२७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेमा प्रदेश २–०१–००२ प १००३ नम्बरको मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका–५ भलुवाही बस्ने वर्ष ४५ को टंक प्रसाद तिमिल्सिना रहेका छन् । घुडामा चोट लागेको उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुबै सवारी प्रहरीको नियनत्रणमा रहेको छ ।सांकेतिक तस्बीर