प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मकवानपुरको भिमफेदीमा कार दुर्घटना

२०८० असार ५, मंगलबार १०:३६ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८ गगटेमा कार दुर्घटना भएको छ ।

कान्तीलोकपथ सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीएसी ०५३७ नम्बरको कार मंगबार दिउँसो २ बजे आफै अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्की अनुसार कारमा भिमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षीय राजकुमार बल र चालक हेटौडा उपमहानगरपालिका–३ बसामाडी बस्ने ३० वर्षीय बिबेक लामा थिए ।

दूई मध्ये बल कारबाट खसेर दुर्घटनास्थल माथि नै अड्किएको र उनको छातीमा चोट लागे अवस्था बोल्न सक्ने रहेको कार्कीले बताए । लामा भिरकोबीच भाग तिर अड्किएको अबस्थामा रहेकोले उद्धार कार्य भइरहेको उनले बताए ।