प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

रवि लामिछानेले आज हेटौंडामा घण्टी बजाउँदै

२०७९ श्रावण २६, बिहीबार १८:२२ बजे

हेटौंडा - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने `अब जान्नेलाई छान्ने´ भन्दै हातमा घण्टी चिन्ह अङ्कित झण्डा लिएर देशव्यापी दौडधुपमा छन् । त्यही दौडधुप गर्दागर्दै लामिछाने आज बागमती प्रदेशको राजधानी हेटौंडा आउँदै छन् । 

नजिकिदो संघ र प्रदेशको चुनावलाई मध्यनजर गर्दै चुनावी प्रचार प्रसार र पार्टीको घण्टी चिन्ह अङ्कित झण्डा फहर्याउन हेटौंडा आउँने भएका हुन् । उनले हेटौंडा उपमहानगरपालिका-४ स्थित रोयल पार्टी प्यालेसमा पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्नेछन् । भेला दिउँसो साँढे १२ बजे शुरू हुने बताइएको छ । 

लामिछानेले हातमा घण्टी हल्लाउँदै गरेको तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै आफू हेटौंडा आउने बारे जानकारी दिदै लेखेका छन्,`यतिबेला हामी नेपालको राजनीतिको कोर्स फेर्ने महाअभियान लिएर देशका विभिन्न सहर, गाउँटोल र पालिका पुगिरहेका छौं । यही सन्दर्भमा भोलि  साउन २७ गते बाग्मती प्रदेशको राजधानी, हरियाली र सुन्दर सहर हेटौंडा आउँदै छौं । आउनुस् अब जागौं , चेतौं, हातेमालो गरौं ।´