प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

नेपालले टस जित्यो

२०७९ फाल्गुन २९, सोमबार ०३:०६ बजे

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी(पीएनजी)विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले बलिङ रोजेका हुन् । नेपालविरुद्ध पीएनले केही बेरमा ब्याटिङ गर्नेछ ।

नेपालले  आइतबारको खेलमा यूएईमाथि सानदार जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको थियो । अब बाँकी दुई खेल जित्दै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जित महत्वपूर्ण छ ।

पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ ।  आईतबारको खेलमा टिममा रहेका गुलशन झा बाहिरिदा करण केसी टिममा रहेका छन् ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल, करण केसी, रोहित पौडेल (कप्तान),भिम सार्की,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल मल्ल,ललित नारायण राजवंशी,सोमपाल कामी र सन्दीप लामिछाने