प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुरका दुई जना पत्रकार सम्मानित

२०७९ कार्तिक २५, शुक्रबार १२:३६ बजे

मकवानपुर – नेपाल पत्रकार महासंघक मकवानपुरको १७ औं वार्षिक साधारण सभामा दुई जना पत्रकार सम्मानित भएका छन् । मकवानपुरका पत्रकारद्वय राममणि दाहाल र अञ्जली थापा सम्मानित भएका हुन् ।

लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका दाहाल र थापालाई नगद ५ हजार ५ सय ५५ र प्रशंसापत्रसहित सम्मान गरिएको हो । हेटौडाका व्यवसायी महेन्द्र राउतले आफ्ना आमावुवाको नामा स्थापना गरेको पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार–२०७८ बाट गोरखापत्र दैनिकका दाहाल सम्मानित भएका हुन् ।

यसैगरी पत्रकार महासंघ मकवानपुरले संस्थापक अध्यक्ष न्युछेमान श्रेष्ठको नाममा स्थापना गरेको न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार–२०७८ बाट रासस जिल्ला संवाददाता थापा सम्मानित भएकी हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबारै सकिएको छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिजृना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो।

साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।