प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

मकवानपुरमा एक युवक मृत भेटिए

२०८१ जेठ २९, मंगलबार ०९:०३ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.३ दहचोकमा सोमबार एक जना मृत अवस्थामा भेटिएका छन् । पालुङ डाँडावासभित्री सडकखण्डको सडक छेउको नालामा स्थानीय बर्ष २८ को अनुज खत्री मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । उनी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का पश्चात थप अनुसन्धान गरिरहेको जनाएको छ ।