प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

आमा

२०७९ पौष १०, आईतबार ११:४७ बजे

नौ महिना कोखमा राखी धेरै दुःख भोगी
कति कष्ट गर्यौ आमा तिमीले मेरो लागी
छातिभित्र पीडाबोली तिमीले मलाई हसायौँ
तालेताते नानी भनि हिड्न डुल्न सिकायौँ

आफु बरु भोकै बसि मेरो पेट भर्यौ
थालभरि बुबुमाम तिमीले मलाई खुवायौँ
तिमीले मलाई हुर्कायौँ आमा
तिमीले नै बढायौँ

धामपानी नभनी मेलापात पहिले
मेरो इच्छा पुरा गर्न खट्थ्यौँ तिमी जहिले
मेरो ओठमा मुस्कान ल्याउन आफ्नो ज्यानको माया माथ्यौँ
जति पीडा पाएपनि हासिहासी टार्थ्यौँ

आकाशभन्दा धेरै विशाल तिम्रो माया ममता
हासेर दुःखसँग लड्ने सहनशील तिम्रो क्षमता
तिम्रो अङ्गालो र काख काफी छ मेरो दुःख विसाउन
एक जुनीमा सायद सम्भव छैन तिम्रो ममता चुकाउन

तिम्रो सुन्दर मुहारमा मैले भविष्य देखेँ
तिम्रो नरम हात समाई मैले बाटो रोजेँ
दूधको भारा यो जुनीमा के गरेर तिरु म
तिम्रो आँखाको आशु लिए ओठमा मुस्कान छर्न सकु
ए मेरी आमा तिमीलाई हरेक खुसी दिएर
तिम्रा सबै सपना र पुरा गरी अनि मात्र म मर्न सकु