प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडामा बसले मोटरसाइकललाई ठक्कर दियो

२०८१ बैशाख ९, आईतबार २०:११ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.७ न्यूरेनीमा बसले मोटरसाइकलले ठक्कर दिँदा दूई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बकैंया गाउँपालिका–४ बस्ने माझगाँउ बस्ने सुरश ब्लोन र सोही मोटरसाइकलको पछाडी सवार सोही स्थान बस्ने ३० बर्षीय दिनेश ब्लोन रहेका छन् ।

कान्तिलोकपथ सडकखण्डमा शनिबार हातिसुडेबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ४५७१ नम्बरको यात्रुबाहक बसले हेटौंडाबाट हटियातर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ८३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना हुँदा ब्लोनद्वय घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते दुबैको हेटौंडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र बस चालक बकैया गाउँपालिका–४ जुरेली बस्ने बर्ष २८ को सोम बहादुर थिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।