प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

बागमती प्रदेश खेलकुदः फुटबलमा स्वर्णका लागि मकवानपुर र काठमाडौं भिड्ने

२०८० जेठ १२, शुक्रबार ०८:५३ बजे

हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि घरेलु टोली मकवानपुर र काठमाडौं भिड्ने भएका छन् । फाइनल खेल पिप्ले क्याम्पा रंगशालामा भोली शनिबार दिउँसो ३ बजे हुनेछ ।

बिहीबार पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंका लागि कब्बु कन्दङवाले निर्णायक गोल गरे ।

त्यस्तै पिप्ले क्याम्पा रंगशालामै बिहीबार भएको दोस्रो सेमिफाइनलमा मकवानपुरले काभ्रेपलाञ्चोकमाथि ३–० गोलको जित निकाल्दै स्वर्णका लागि काठमाडौंसंग भेट पक्का गरेको हो । मकवानपुरको सहज जितमा प्रितम स्याङबो र अभिषेक लामाले १ गोल गरे ।

प्रतियोगिताको फुटबलतर्फ बागमती प्रदेशका कुल १३ टोलीहरुको सहभागिता रहेको थियो ।

उता महिला फुटबलतर्फको स्वर्ण काठमाडौंले जित्न सफल भयो । बिहीबार हेटौंडास्थित गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित गर्दै स्वर्ण जितेको हो ।