हेटौंडा – मनहरी गाउँपालिकास्थित पश’पतिनाथ माविमा बिहीबार पढाई महोत्सव आयोजना गरिएको छ । बालबालिकालाई अध्ययनमा रुचि बढाउनका लागि पढाई महोत्सव आयोजना गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रकाबीच बालबालिकालाई चित्र बनाउने, सजावट गर्ने र उनीहरुलाई मनपर्ने किताव छानेर पढ्न दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, मनहरी–४ का निबर्तमान वडाध्यक्ष ध्रब खड्का, विद्यालयका प्रधानाध्यापक भानभक्त आचार्यलगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।
विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) ले आयोजना गरेको कार्यक्रममा बालबालिकाको रुचिका कितावहरु संग्रहित गरिएको थियो । बालबालिकाले आफैंले कोरेको चित्र सजावट गरेका थिए ।
तस्बिरसहित