प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मनहरी, राक्सिराङ र मकवानपुरगढीले पनि विद्यालय बन्द गर्ने

२०८० जेठ २१, आईतबार ०९:४२ बजे

हेटौंडा – अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि मकवानपुरको मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाले पनि आफ्नो  पालिकाभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गर्ने भएको छ । आइतबार एक सुचना चारी गर्दै तीनै वटा पालिकाले भोली जेष्ठ २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गर्ने जानकारी दिएको छ ।

गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वाथ्यमा विभिन्न खोले समस्या देखिएपछि वर्षे बिदाबाट कट्टा हुनेगरी विदा दिइएको बताईएको छ । जेठ २७ गते शनिबार रहेकोले २८ गते आइतबारबाट नियमित विद्यालय सञ्चालनमा हुनेछ ।

विदाको अवधिमा बालबालिकालाई घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रुपमा रहने व्यवस्था मिलाउन अविभावकहरुलाई आग्रह गरिएको छ ।बालबालिकाहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्य लाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नखुवाउने र स्वच्छ खानेकुराहरु मात्रै खुवाउन सुझाव समेत दिएको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिका र बकैंया गाउँपालिकाले आउँदो शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेसकेको छ । सुचनाहरु:–