प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

उपभोक्ता हित संरक्षण मञ्च वागमती प्रदेशको अध्यक्षमा राम विष्ट

२०८० बैशाख ९, शनिबार १५:१० बजे

हेटौंडा – उपभोक्ता हित संरक्षण मञ्च नेपालको वागमती प्रदेशको अध्यक्षमा हेटौडाका अध्यक्ष राम विष्ट सर्बसम्मत चयन भएका छन् ।

नवगठित प्रदेश कमिटीको उपाध्यक्ष वेद वहादुर खांड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव इन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन दोलखा, कमल कुमार भारती सिन्धुपाल्चोक, राजकाजी डंगोल काठमाडौँ,राम प्रसाद न्यौपाने रसुवा, विमला भट्टराई चितवन, रोहीत गुरुङ्ग सिन्धुली चयन भएका छन् ।

शनिबार हेटौडामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष एवं वागमती प्रमुख बासु खतिवडा, केन्द्रीय महासचिव विष्णु तिमिल्सीना, मधेश प्रदेश प्रमुख एवं केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, उपाध्यक्ष सुवर्णप्रभा गुरागाई, केन्द्रीय उप–महासचिव एवं काठमाडौँ महानगरपालीकाकी कानूनी सल्लाहकार कुमादी खरेल लगायत वागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधीहरुको उपस्थितिमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल वागमति प्रदेश कमिटी गठन भएको हो ।