हेटौँडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित एकता टोल विकास संस्था चौबिसौँ साधारण सभा तथा अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
यशोदा लामिछानेको अध्यक्षतामा गठित सो समितिमा उपाध्यक्ष, सचिव, सहसचिव तथा कोषाध्यक्षमा क्रमशः गीता पाण्डे घिमिरे, इन्दिरा ढोडरी, लक्ष्मी दाहाल, प्रतिज्ञा अर्याल तथा सदस्यहरूमा कल्याणी बस्नेत, सीता प्याकुरेल, तोत्रा बस्नेत, निर्मला पाण्डे, लक्ष्मी देवकोटा र शान्ति अर्याल चयन भए ।
वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा हेटौँडा उपमहानगरपालिका सामाजिक महाशाखाकी अधिकृत गोपिनी गौतम, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव देव श्रेष्ठ तथा सोही समितिकी सदस्य माया पौडेलले शुभकामना मन्तव्य व्यक्त गरे ।
मकवानपुर बहुमुखी क्याम्पसमा भएको सो कार्यक्रमको सञ्चालन सचिव कल्याणी बस्नेतले, स्वागत यशोदा लामिछानेले गरेको सो कार्यक्रमको सभाध्यक्षता अध्यक्ष अञ्जु अधिकारीले गरेकी थिइन् ।