प्रहर खबर
 २०८१ असार ३१, सोमबार    

हेटौंडामा म्याजिकको ठक्करबाट एक जनाको मृत्यु

२०८१ जेठ १३, आईतबार ०७:३४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ तिनतीप्केमा म्याजिकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंं.१२ बनस्पति बस्ने अन्दाजी ५५ वर्षिय श्याम बहादुर विक रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत तीनताप्केमा नेवारपानीबाट लेवट तर्फ जादै गरेको ना १ ज ७५६० नम्बरको म्याजिकले ठक्कर दिदा विक गम्भीर घाइते भएका थिए । गएराति उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने म्याजिक र चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको छ।