हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट ल्याएको छ।
शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले प्रस्तुत गरेको बजेट आर्थिक बर्ष २०७९/८० को भन्दा ८ अर्ब २३ करोड १ लाख २२ हजारले कम छ । यसअघि बजेट ७० अर्ब ९३ करोड ९२ लाखको थियो ।
प्रस्तुत बजेटमा चालुआर्थिक बर्षको तुलनामा चालू खर्च ७ अर्ब ६७ करोड बढाईएको छ भने पुजिगत खर्च ६ अर्ब ५ करोडले घटाईएको छ । चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पूँजीगततर्फ ३५ अर्ब ५० करोड ५३ लाख ९ हजार, वित्तीय ब्यवस्थापनतर्फ ५० करोड विनियोजन गरिएको मन्त्री लामाले बताए।
कुल विनियोजनमध्ये चालूतर्फ ४२.५८ प्रतिशत, पूँजीगततर्फ ५६.६२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ०.८ प्रतिशत रहेको छ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख र चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख उल्लेख गरिएको छ।